शुक्रबार, भदौ १२, २०८३

चितवनमा २ घण्टाको फरकमा ३ कोरोना संक्रमितको मृत्यु

चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

चितवन- चितवनमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका उनीहरुको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो ।

भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

एक जनाको मृत्यु नहुँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् भने मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र सुस्ता पूर्ब नवलपारासीका १/१ जना रहेका छन् ।

प्रकाशित: Sep 01, 2020| 08:42 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।