शुक्रबार, भदौ १२, २०८३

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

वीरगन्ज- पर्सा र बारामा थप २० जनामा कोरोना भाइरस संक्रमण पष्टि भएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परिक्षणमा परिक्षणमा १८ र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा २ जना गरेर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रममितमध्ये पर्साका १७ जना र बाराका १ जना रहेका छन् । जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको २ संक्रमितको ठेगाना खुल्न नसकेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेमा २३ वर्षदेखि ६८ वर्ष उमेर समुहका ३ जना महिला र १७ जना पुरूष रहेका हुन् ।

पर्साका १७ जना संक्रमणमध्ये कालिकामाई गाउँपालिका वडा नम्बर ५ का ५ जना रहेका छन् भने बिन्दबासिनी गाउँपालिकाको वडा नम्बर २ का एक जना थपिएका हुन ।

यस्तै वीरगन्ज महानगरपालिकाको वडा नम्बर ८ र १२ का २÷२ जना र वडा नम्बर ११, १४, १६ र २५ का एक÷एक जनागरी ८ जना सङ्क्रमित थपिएको हो ।

अन्य थप ३ जना पर्साकै रहेका छन । त्यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ का एक २५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

प्रकाशित: Sep 01, 2020| 08:28 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।