शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कारागारमा फैलियो कोरोना, ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

केन्द्रीय कारागारमा फैलियो कोरोना, ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडाैं- क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ ।

आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कैदीबन्दीको परीक्षण गरिएको थियो ।

यसअघि १५ जना कैैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । आइतबार ५१ र त्यसअघि ५ जनामा संक्रमण पुष्टि भएको हो । प्रहरीबाट नै जेलभित्र संक्रमण फैलिएको आशंका गरिएको छ ।

कारागारको महिला सेलमा गत साता एकैपटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । सोमबारसम्म दुई सय ५० जनाको मात्र परीक्षाण भएको छ । धेरैमा संक्रमण देखिएपछि अन्यमा पनि त्रास बढेको छ ।

केन्द्रीय कारागारमा दीर्घरोग भएका कैदीबन्दीको संख्या पनि धेरै छ । थप कैदीबन्दीको परीक्षण गराउने कारागार कार्यालयको तयारी छ ।

विभागका अनुसार हालसम्म शंका लागेका देशभरका ८ सय ७९ जना (कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी)को पीसीआर परीक्षण गरिएको छ । जसमा ५ सय ९४ कैदीबन्दी, २ सय ७ जना सुरक्षाकर्मी र ७८ जना कर्मचारी छन् ।

परीक्षणपछि १ सय ६६ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये ७२ जना उपचारपछि संक्रमणमुक्त भइसकेका र अन्यको उपचार भइरहेको विभागले जनाएको छ ।

प्रकाशित: Sep 01, 2020| 08:04 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।