शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्डको शव जंगलमा भेटियो

नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्डको शव जंगलमा भेटियो

करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटिएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- करिब चार महिनादेखि बेपत्ता भएका नेपालका लागि पूर्व बेलायती राजदूत रिचर्ड मोरिसको शव जंगलमा भेटिएको छ ।

मर्निङ वाककै क्रममा गत मे ६ तारिखदेखि बेपत्ता रहेका मोरिसको शव बेलायतको ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मर्निङ वाककै क्रममा उक्त जंगलमा मोरिस दौडने गरेको बुझिएको छ । उनलाई अज्ञात समूहले अपहरण गरेर हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

उनको मृत्यु कसरी भयो ? हत्या वा अरु कुनै कारण हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बेलायत प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

मोरिस नेपालका लागि बेलायती राजदूतको रुपमा सन् २०१६ देखि ४ वर्ष कार्यकाल पूरा गरेर सन् २०१९ मा बेलायत फर्किएका थिए ।

प्रकाशित: Sep 01, 2020| 07:28 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।