काठमाडौं- कोरोनाबाट संक्रमित सिरहाको मिर्चैया ६ का एक ६५ वर्षीय पुरुषको धरानमा मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत संक्रमितको सोमबारराति पौने ९ बजे ती मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार ज्वरो, खोकी, श्वासफेर्न समस्या र अत्यधिक टाउको दुख्ने समस्या भएपछि विराट मेडिकल कजेलबाट १० भदौंमा रिफर गरिएको थियो।
प्रतिष्ठानमा ती बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो। उनका शरीरका अंगहरु निष्क्रिय भएपछि २ पटक डाइलासिस गर्नुपरेको थियो।
ती बिरामीमा पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।