शुक्रबार, भदौ १२, २०८३

कोरोनाको भ्याक्सिनमा खेलाँची नगर : डब्लुएचओ

अहिले विश्वभर ३३ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ। त्यसैगरी १४३ वटा भ्याक्सिन प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन्।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ।

डब्लुएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनिन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन्। तर, यो कुनै खेलाँची गर्ने विषय होइन।’

डब्लुएचओका अनुसार अहिले विश्वभर ३३ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ। त्यसैगरी १४३ वटा भ्याक्सिन प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन्।

डब्लुएचओले बिना पर्याप्त व्यवस्थापन थुप्रै देशले लकडाउन हटाएको भन्दै चिन्ता व्यक्त गरेको छ। उसले चेतावनी दिँदै भनेको छ, ‘जुन देशमा नयाँ संक्रमित उल्लेख्य रुपमा देखिएका छन्, ती देशले पनि मानिसहरुलाई भेला हुन इजाजत दिइरहेका छन्। सामाजिक दूरीको पालना भइरहेको छैन। यो भनेको विध्वंशलाई निम्ता दिनु हो।’

डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन्। अघिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएका थिए।

कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ संक्रमितको ज्यान गइसकेको छ। संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ।

 

प्रकाशित: Sep 01, 2020| 06:26 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।