शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाडौं- वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं- वाग्मती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा डा विश्वराज जोशीको सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गरेका हुन्।

नवनियुक्त पदाधिकारीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराइएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरव प्रतिष्ठानको विकासमा सबैको भूमिका महत्वपूर्ण हुने बताए।

सामाजिक विकासमन्त्री दुलालले प्रतिष्ठानले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधार गर्नाका साथै यस क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: Sep 01, 2020| 05:24 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।