शुक्रबार, भदौ १२, २०८३

आज युएईबाट ४०९ नेपाली स्वदेश फर्किए

आज (सोमबार) संयुक्त अरब इमिरेट्स युएईबाट ४०९ जना नेपाली स्वदेश फर्किएका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- आज (सोमबार) संयुक्त अरब इमिरेट्स युएईबाट ४०९ जना नेपाली स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट एक बच्चासहित १५५ यात्रु काठमाडौँ ल्याएको छ।

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान एक उडान गर्नेछन्। दुवै एयरलाइन्सका जहाज आज राति त्यसतर्फ प्रस्थान गर्ने विमानस्थलले जनाएको छ।

मंगलबार पनि नेपाल एयरलाइन्सका दुई र हिमालय एयरलाइन्सका दुई तथा एयर अरेबियाको एक गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्।

नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ। एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ।

आन्तरिकतर्फ आज सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन्। समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ।

मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता एयरले सुर्खेत र नेपालगञ्जमा उडान गरेको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस

प्रकाशित: Aug 31, 2020| 20:00 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।