शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुखर्जीको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

मुखर्जीको निधन प्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति शोक व्यक्त गरेका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति शोक व्यक्त गरेका छन्।

आज (सोमबार) साँझ ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीले शोक प्रकट गरेका हुन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘भारतीय पूर्व राष्ट्रपतिको निधनको खबरले म दुःखी छु, यो शोकको घडीमा भारत सरकार, भारतीय जनताका साथै शोक सन्तप्त परिवारका सदस्यप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

साथै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् नेपालले एक आत्मीय मित्र गुमाएको जनाएका छन्। उनले लेखेका छन्, ‘उहाँको निधनबाट नेपालले एक आत्मीय मित्र गुमाएको छ।

उहाँको सार्वजनिक जीवनमा नेपाल भारत सम्बन्ध सुदृढ बनाउन निर्वाह गरेको योगदान हामी सम्झीरहने छौँ।’

 

 

प्रकाशित: Aug 31, 2020| 19:30 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।