शुक्रबार, भदौ १२, २०८३

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडाै‌ं- भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज (सोमबार) अपराह्न निधन भएको छ।

१० अगस्तमा दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका उनी कोरोना भाइरसबाट समेत संक्रमित थिए।

८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल्यक्रिया गरेका थिए। तर अस्पताल गएलगत्तै उनको पीसीआर टेस्ट गर्दा पोजिटिभ देखिएको थियो।

शल्यक्रियापछि उनी कोमामा थिए। चिकित्सकहरुले मुखर्जीको फोक्सोमा संंक्रमण भएको र सेप्टिक शकका कारण उनको मृत्यु भएको जनाएका छन्।

कांग्रेसका दिग्गज नेता मानिने मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए। उनी राष्ट्रपति भएपछि र त्यसअघि अर्थमन्त्री हुँदा नेपाल आएका थिए। 

मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा सन् २०१६ को नोभेम्बर २ देखि ४ सम्म नेपाल भ्रमण गरेका थिए। उक्त भ्रमण भारतबाट राष्ट्रपति स्तरमा १८ वर्षपछि भएको भ्रमण थियो।

त्यसअघि सन् १९९८ मा के आर नारायणनले नेपाल भ्रमण गरेका थिए भने उनीपछिका भारतीय राष्ट्रपति नेपाल आएका छैनन्।

 

प्रकाशित: Aug 31, 2020| 18:27 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।