शुक्रबार, भदौ १२, २०८३

जनमैत्री अस्पताल पुनः सञ्चालनमा

काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- काठमाडौंको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

तत्कालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने सरकारको निर्णयअनुसार जनमैत्री अस्पताल १ सय शैया क्षमतासहित सञ्चालनमा आएको हो।

काठमाडौं महानगरपालिकाका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

अस्पताल सञ्चालकबीचको स्वामित्व विवाद र घाटा भएपछि अस्पताल बन्द थियो। अस्पतालमा काम गर्न खटाइएका डाक्टर तथा अन्य सस्थ्यकर्मीलाई वडा अध्यक्ष रिजालले सोमबार पुष्प गुच्छाले स्वागत गरेका छन्।

स्वाथ्यकर्मीलाई स्वागत गर्दै रिजालले कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुव्र्यवहारका घटना भइरहेको बेला स्वास्थ्यकर्मीको महत्व र आवश्यकता बुझाउन वडाले सम्मान गरेको बताए।

विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यका प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भन्दै वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुलाउन आग्रह गर्दै पत्राचार गरेको थियो।

बन्द रहेको अस्पताल सञ्चालनका लागि निर्णय गर्ने स्वाथ्य तथा जनसंख्या मन्त्रालयलगायत यस कार्यमा सहयोग गर्ने सबैप्रति १६ नम्बर वडा कार्यालयले धन्यवादसमेत ज्ञापन गरेको छ।

प्रकाशित: Aug 31, 2020| 18:25 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।