शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटका पुजारी हत्याको आरोपमा भारतबाट दुई जना पक्राउ

रौतहटका पुजारी हत्याको आरोपमा भारतबाट दुई जना पक्राउ

रौतहटस्थित हनुमान मन्दिरका पुजारी हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- रौतहटस्थित हनुमान मन्दिरका पुजारी हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल रहेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई भारतबाट नेपाल ल्याइको प्रहरीले जनाएको छ।

रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति अज्ञात समूहले गोली हानी हत्या गरेको थियो।

प्रहरीले घटनामा संलग्न भएको आशंका गरेका देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन्।

घटना भएकै दिनदेखि उनिहरु गाउँबाट बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 31, 2020| 18:15 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।