पर्सा– पर्सामा कोरोना भाइरस संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–२४ बहुअरीका ८० वर्षीय पुरुष छन्।
भदौ १३ गते वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना भएका उनलाई श्वासप्रश्वासमा समस्या र निमुनियाको लक्ष्ण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए।
पर्सामा योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ।