काठमाडौं– पछिल्लो २४ घण्टामा ३१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छैनन् भने ४६ जिल्लामा गरी ८९९ जनामा संक्रमण भएको छ। यस्तै २६ जिल्लामा १० जनाभन्दा कम संख्यामा संक्रमित थपिएका छन्।
संक्रमित नथपिएका जिल्लामा भोजपुर, धनकुटा र इलाम छन्। पाँचथर, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
नुवाकोट र रसुवामा पनि पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित थपिएनन् भने मनाङ, स्याङ्जा, मुस्ताङ, म्याग्दी र पर्वतमा पनि संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ।
आज संक्रमित नथपिएका जिल्लामा गुल्मी, दाङ, प्यूठान, रोल्पा, पूर्वी रुकुम छन्। यस्तै पश्चिम रुकुममा पनि संक्रमित थपिएका छैनन्।
सल्यान, डोटी, हुम्ला, जाजरकोट, कालिकोट, मुगु र दैलेख आज संक्रमित नथपिने जिल्ला हुन्। बाजुरा, डडेल्धुरा र दार्चुलामा पनि संक्रमित थपिएका छैनन्।
काठमाडौंमा सबैभन्दा बढी थपिए
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी १९० जनामा कोरोना संक्रमण भएको छ। सोमबार मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
झापामा पाँच जना कोरोना संक्रमित थपिएका छन्। यस्तै खोटाङमा एक, मोरङमा १९, ओखलढुंगामा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संखुवासभामा नौ र सुनसरीमा २५ जना संक्रमित थपिएका छन्। प्रदेश २ का आठै जिल्लामा संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
सप्तरीमा २३, सिरहामा पाँच, धनुषामा ३१ जना संक्रमित थपिएका छन्। सोमबार महोत्तरीमा ६, सर्लाहीमा १०३, बारामा २३, पर्सौमा ३४, रौतहटमा एक जना संक्रमित थपिएका छन्।
सिन्धुलीमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण भएको छ भने रामेछाप र दोलखामा दुई दुई जना थपिएका छन्।
भक्तपुरमा ४१, काठमाडौंमा १९० र ललितपुरमा ६७ जना संक्रमित थपिएका छन्। धादिङमा एक, काभ्रेमा १३ र सिन्धुपाल्चोकमा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार चितवनमा ७१ र मकवानपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
बाग्लुङमा चार, गोरखामा १३, कास्कीमा तीन, लमजुङमा दुई, पूर्वी नवलपरासीमा चार जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
यस्तै तनहुँमा २६, कपिलवस्तुमा एक, पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा ११ र अर्घाखाँचीमा दुई जना संक्रमित थपिएका छन्।
पाल्पामा एक, बाँकेमा १४ र बर्दियामा थप दुई जनामा कोरोना संक्रमण भएको छ। जुम्लामा एक र सुर्खेतमा ३८ जना थपिएका छन्। कैलालीमा १६, अछाममा २३, डोटीमा एक, बझाङमा एक, कञ्चनपुरमा सात र बैतडीमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।
सक्रिय संक्रमितको संख्या १७,८२२
कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० छ। यो कुल संक्रमितको ५४ प्रतिशत हो।
निको हुनेमा प्रदेश १ मा एक हजार ५७०, प्रदेश २ मा चार हजार ८५३, बागमतीमा एक हजार ३२८, गण्डकीमा एक हजारर ७०८ छन्।
यस्तै प्रदेश ५ मा अहिलेसम्म चार हजार ९३० जना, कर्णालीमा दुई हजार ३८ र सुदूरपश्चिममा चार हजार ९३८ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म नेपालमा ३९ हजार ४० जनामा कोरोना संक्रमण भएको छ। सोमबार मात्र ८९९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।