शुक्रबार, भदौ १२, २०८३

४६ जिल्लामा संक्रमित थपिए, काठमाडौंमा सबैभन्दा बढी

पछिल्लो २४ घण्टामा ३०३ महिलासहित ८९९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ३०३ महिलासहित ८९९ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार मुलुकका ४६ जिल्लामा कोरोना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार संक्रमित थप हुने पुरुष ५९६ जना छन्।

झापामा पाँच जना कोरोना संक्रमित थपिएका छन्। यस्तै खोटाङमा एक, मोरङमा १९, ओखलढुंगामा एक जना संक्रमित थपिएका छन्।

संखुवासभामा नौ र सुनसरीमा २५ जना संक्रमित थपिएका छन्। प्रदेश २ का आठै जिल्लामा संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

सप्तरीमा २३, सिरहामा पाँच, धनुषामा ३१ जना संक्रमित थपिएका छन्। सोमबार महोत्तरीमा ६, सर्लाहीमा १०३, बारामा २३, पर्सौमा ३४, रौतहटमा एक जना संक्रमित थपिएका छन्।

सिन्धुलीमा आज थप सात जनामा कोरोना भाइरस संक्रमण भएको छ भने रामेछाप र दोलखामा दुई दुई जना थपिएका छन्।

भक्तपुरमा ४१, काठमाडौंमा १९० र ललितपुरमा ६७ जना संक्रमित थपिएका छन्। धादिङमा एक, काभ्रेमा १३ र सिन्धुपाल्चोकमा एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

चितवनमा ७१ र मकवानपुरमा ४२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। बाग्लुङमा चार, गोरखामा १३, कास्कीमा तीन, लमजुङमा दुई, पूर्वी नवलपरासीमा चार जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै तनहुँमा २६, कपिलवस्तुमा एक, पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा ११ र अर्घाखाँचीमा दुई जना संक्रमित थपिएका छन्। पाल्पामा एक, बाँकेमा १४ र बर्दियामा थप दुई जनामा कोरोना संक्रमण भएको छ।

जुम्लामा एक र सुर्खेतमा ३८ जना थपिएका छन्। कैलालीमा १६, अछाममा २३, डोटीमा एक, बझाङमा एक, कञ्चनपुरमा सात र बैतडीमा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको छ।

सक्रिय संक्रमितको संख्या १७,८२२

कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० छ। यो कुल संक्रमितको ५४ प्रतिशत हो।

निको हुनेमा प्रदेश १ मा एक हजार ५७०, प्रदेश २ मा चार हजार ८५३, बागमतीमा एक हजार ३२८, गण्डकीमा एक हजारर ७०८ छन्।

यस्तै प्रदेश ५ मा अहिलेसम्म चार हजार ९३० जना, कर्णालीमा दुई हजार ३८ र सुदूरपश्चिममा चार हजार ९३८ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा ३९ हजार ४० जनामा कोरोना संक्रमण भएको छ। सोमबार मात्र ८९९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 31, 2020| 16:45 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।