शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईसीयू र भेन्टिलेटरमा १४८ जना संक्रमित, कुन प्रदेशमा कति ?

आईसीयू र भेन्टिलेटरमा १४८ जना संक्रमित, कुन प्रदेशमा कति ?

नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- नेपालमा पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

जसका कारण हाल १३२ जना संक्रमितहरु देशका विभिन्न अस्पतालमा रहेका आईसीयूमा उपचाररत छन् । कोरोना संक्रमणबाट सिकिस्त १६ जनाकाे भेन्टिरलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ४ जना, प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना गरी १३२ जना संक्रमित आईसीयूमा छन्।

यसैगरी प्रदेश १ मा १ जना, बागमती प्रदेशमा १३ जना, प्रदेश ५ मा २ जना गरी १६ जना संक्रमितको अवस्था नाजुक भएका कारण भेन्टिलेटरमा उपचार भइरहेको छ।

नेपालमा शुरु शुरुमा देखिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा कुनै लक्षण नै देखिएको थिएन। तर हाल धेरै बिरामीमा लक्षण देखिन थालेको र आईसीयूको उपचार आवश्यक पर्ने देखिएको छ।

प्रकाशित: Aug 31, 2020| 16:35 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।