शुक्रबार, भदौ १२, २०८३

आज ८९९ जनामा कोरोना पुष्टि, ५८८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार २३२ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ छ। जसमध्ये संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म ६ लाख ७३ हजार ४७२ जनाको पीसीआर नमुना परीक्षण भएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ३३७ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० जना छ।

काेराेना संक्रमणबाट आज नेपालमा ७ जनाकाे मृत्यु भएकाे छ।

प्रकाशित: Aug 31, 2020| 16:25 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।