काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२८ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२८ पुगेको हो।
केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो आइतबार १४ जनाको मृत्यु भएको थियो।
शनिबार १२ जनाको मृत्यु भएको थियो।
नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।