शुक्रबार, भदौ १२, २०८३

विराटनगरमा फुड बैंक सञ्चालन

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएको छ ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

विराटनगर– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा जारी गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सोमबारदेखि विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

फुड बैंकमा एक जनालाई अढाई केजी चामल, आधा लिटर तेल, एक पाउ दाल, सोयाबीन र नुन रााखिएको छ । फुड बैंकका लागि नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीसहितको टोलीले २० क्विन्टल चामलसहित केहि खाद्यान्न संकलनमा सहजीकरण गरिदिएका छन् ।
फुड बैंकका लागि निर्माण व्यवसायी, विद्यार्थी नेता, सामाजिक क्षेत्रमा क्रियाशिल अगुवाहरु र स्वयम् युवाहरुको समूहले समेत योगदान गरेका छन् । युवाहरूले सुरु गरेको यस्तो अभियान आर्थिक अवस्था नाजुक भएका परिवारलाई राहत पुग्ने नेकपा विराटनगरका अध्यक्ष थापाले बताए ।

क्रिएटिभ युथ सोसाइटीमा आवद्ध भएका युवाहरूले खाद्यान्न संकलन गरी फुड बैंक सञ्चालनमा ल्याएका हुन् । लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्याउन फुड बैंक स्थापना गरिएको सोसाइटीका संयोजक सुरज कटुवालले बताए ।

 

प्रकाशित: Aug 31, 2020| 16:11 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।