शुक्रबार, भदौ १२, २०८३

प्रदेश १ मा ५६ संक्रमित थपिए, ५४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा २६, मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सोमबार सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमल गाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ।

प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन्। वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आइसोलेसन केन्द्र, इलामबाट १८ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन्।

प्रदेश १ मा सोमबार १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ। परीक्षण गरिएकामध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। प्रदेश १ मा हालसम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 31, 2020| 15:55 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।