शुक्रबार, भदौ १२, २०८३

चितवनमा माछा चोर्न जाँदा करेन्ट लागेर २ को मृत्यु

चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- चितवनमा अर्काको पोखरीमा माछा चोर्न गएका २ जनाको करेन्ट लागेर मृत्यु भएको छ।

भरतपुर महानगरपालिका–८ मा स्थित सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका २ युवाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले स्थानीय नवराज दराई र निरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए।

चुडामणी शर्मासहितका पाँच जनाले संचालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका उनीहरुलाई करेन्ट लागेको थापाले बताए।

उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको प्रहरीले जनाएको छ। मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ। माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

प्रकाशित: Aug 31, 2020| 12:28 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।