शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विज्ञ भन्छन्- 'जथाभावी मास्क फाल्दा झनै कोरोनाको जोखिम बढ्यो'

विज्ञ भन्छन्- 'जथाभावी मास्क फाल्दा झनै कोरोनाको जोखिम बढ्यो'

प्रयोग गरिएका मास्क जथाभावी फाल्ने प्रवृत्तिले कोरोना भाइरस संक्रमणको जोखिम थप बढाएको विज्ञहरुले बताएका छन् ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं- प्रयोग गरिएका मास्क जथाभावी फाल्ने प्रवृत्तिले कोरोना भाइरस संक्रमणको जोखिम थप बढाएको विज्ञहरुले बताएका छन् ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा प्रयोग गरिसकेपछि सडक, सडकपेटी र गल्लीमा जथाभावी मास्क फालिएका देखिन्छन्।

यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा संक्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन्। मास्कको भित्री भागमा थुक, र्‍याल, सिँगान र बाहिरी भागमा अरुको थुकको छिटा परेको हुन सक्ने भएकाले यसको उचि तरिकाले विसर्जन नगर्दा जोखिम बढ्ने विज्ञहरुको भनाइ छ ।

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले प्रयोग गरिएको मास्क जथाभावी फाल्दा त्यसबाट कोरोना लगायतका संक्रमणजन्य रोग अरुमा सर्ने जिखिम अत्यधिक हुने बताए।

मास्क जति बढी प्रयोग गर्‍यो, त्यति नै संक्रमण हुने सम्भावना बढी हुने उनले बताए। 'मास्क भनेको डिस्इन्फेक्सन गरेर व्यवस्थापन गर्नुपर्ने बस्तु हो यसलाई जथाभावी फाल्दा रोग सर्ने जोखिम धेरै हुन्छू पुनले भने,'कोरोना संक्रमण फैलाउनमा यसको पनि भुमिका रहन्छ।'

खुल्ला ठाउँमा फालेको मास्क कुकुर, बिरालोलगायतले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने, पानीमा बगेर संक्रमण फैलिन सक्ने र यसबाट जलचरहरू प्रभावित हुन सक्ने बिज्ञहरु बताउछन्।

मास्कमा धातु र प्लास्टिक हुने हुँदा ती वस्तुमा किटाणु लामो समयसम्म बस्छ। ४/५ दिन सम्म किटाणु बस्न सक्ने भएकाले माटोमा पुर्ने वा जलाउने गर्नु उपयुक्त हुने पुनले बताए।

माटोमा २/४ घण्टामा किटाणु नष्ट हुन्छ भने जलेर तत्काल नष्ट हुन सक्छ। अहिले मानिसले दैनिक रूपमा सर्जिकल र एन-९५ मास्क प्रयोग गर्ने गरेको पाइन्छ।

सर्जिकल एक पटक मात्र प्रयोग गर्न उनको सुझाव छ। उनका अनुसार यो मास्क ३ देखि ५ पटक लगाउन सकिन्छ ।

आमनागरिकले मास्कको उचित प्रयोग र बिर्सजनका बारेमा गम्भीर हुन सकेमा संक्रमण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने डाक्टर शरदचन्द्र बरालले बताए।

मास्कको प्रयोग र बिसर्जनबारे व्यापक रूपमा जनचेतना फैलाउनुपर्ने आवश्यकतामाथि उनले जोड दिए।

'मास्क खोल्दा र लगाउनुअघि हात पूर्ण रूपमा सेनिटाइज (निर्मलीकरण) वा साबुनपानीले धुनुपर्दछु, डा बरालले भने, 'मास्क खोल्दा कान पछाडीको डोरी समातेर कानबाट निकालेर बाहिरको भागलाई भित्र पारेर गोलो बनाएर बिर्को लगाएको डस्टविनमा हाल्नुपर्दछ।'

डस्टबिन नभएमा प्लास्टिकमा राम्रो गरी पोको पारेर घरबाट डस्टबिन भएको ठाउँमा बिसर्जन गर्न उनले सुझाव दिए।

मास्कको प्रयोगसमेत सही ढंगले नहुदा रोग सर्ने जोखिम बढ्दो छ। मास्क प्रयोगको बानी परिनसकेकाले नाकदेखि चिउँडोसम्म टपक्क ढाकेर मास्क लगाउनुपर्नेमा त्यस्तो कम देखिने गरेको उनको भनाइ छ।

उनले भने, 'कतिपयले बोल्दा मास्क खोल्ने गर्दछन् । त्यो झन खतरा हो।' बोल्दा मुखबाट निस्किएको थुकको छिटा अरुलाई परेमा रोग सर्न सक्छ। अप्ठ्यारो शव्द उच्चारण गर्दा मानिसको मुखबाट थुकको छिटा निस्कन सक्ने बरालको भनाइ छ। मास्कको डोरी कानमा अड्याएपछि हातले नछुन विज्ञहरूको सुझाव छ।

मास्कको बाहिरी भाग अझ बढी सङ्क्रमित हुन सक्ने विज्ञहरू बताउँछन् । अन्य सङ्क्रमित मानिससँग कुराकानी भएमा ती व्यक्तिको थुक आफ्नो मास्कको बाहिरी भागमा आएर बसेको हुन सक्ने बरालले बताए।

प्रकाशित: Aug 31, 2020| 11:37 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।