शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट थप एक पुरुषको मृत्यु, चितवनमा मात्रै १३ जनाको ज्यान गयो

कोरोनाबाट थप एक पुरुषको मृत्यु, चितवनमा मात्रै १३ जनाको ज्यान गयो

चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

चितवन- चितवनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरुषको आज (सोमबार) विहान मृत्यु भएको हो।

अस्पताल स्रोतले बताएअनुसार ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

यो संगै कोरोनाका कारण चितवनमा १३ जनाको मृत्यु भई सकेको छ । मृत्यु हुनेमा चितवनका ६ जना रहेका छन् । जस मध्ये एक जनाको घरमा नै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै मकवानपुरका ३ जना, कैलाली, गोरखा, वारा र पुर्व नवलपारासीका १/१ जना रहेका छन् ।

प्रकाशित: Aug 31, 2020| 09:55 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।