शुक्रबार, भदौ १२, २०८३

वीरगन्ज महानगरका मेयर सरावगीका बुवाको निधन

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीको आइतबार राती मृत्यु भएको छ ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

पर्सा– वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीका बुवा चिरञ्जीवीलाल सरावगीको आइतबार राती मृत्यु भएको छ ।

वीरगंजमा विक्रम सम्वत २००० सालमा जन्मिएका उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । श्रावण २२ गते कोरोना संक्रमित भएका उनलाई उपचारका लागी २४ गते काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा भदौँ २ गते कोरोना मुक्त भएपनी मुट्टु र मृगौलामा जटिल समस्या देखिएपछि थप उपचार गर्ने क्रममा उनको आइतबार राती मृत्यु भएको वीरगंज महानगरका मेयर विजय सरावगीले समाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

वीरगंजमा समाजसेवीको रुपमा परिचित चिरञ्जीवीलाल सरावगीका दुई छोरा र एक छोरी छन् । वीरगंज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगायत समाजिक संघ संस्थामा उनी आवद्ध थिए ।

प्रकाशित: Aug 31, 2020| 09:42 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।