शुक्रबार, भदौ १२, २०८३

वीरगन्जमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्जको नारायणी प्रयोगशालामा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

वीरगन्ज- वीरगन्जको नारायणी प्रयोगशालामा गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विभिन्न स्थानबाट संकलन गरिएको स्वाबका नमुनाहरुलाई परीक्षण गर्दा थप ३८ र जीन एक्स्पर्ट प्रविधिबाट परिक्षणमा ३ जना गरि थप ४१जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

संक्रमण हुनेमा ६ वर्षीय बालकदेखि ७० वर्षीय वृद्धसम्म रहेका छन् । थपिएका संक्रमितहरु पर्सा, बारा, सर्लाहीकासमेत बासिन्दा रहेका हुन् ।

जसमा पर्साका ३२ जना, बाराका ४ जना, सर्लाहीका एक जना र जिन एक्स्पर्ट प्रविधिबाट परिक्षण गरिएको ३ जनासहित ४ ठेगाना खुलेको छैन । संक्रमण पुष्टि हुनेमा ८ जना महिला र ३३ जना पुरूष रहेको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनका अनुसार पर्सामा थपिएका ३२ जना संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका २१ जना, कालिकामाई गाउँपालिकाका ९ जना र जिराभावानी गाउँपालिकाको २ जना रहेका छन् ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११ का १२ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर २० का २ जना र वडा नम्बर ५, ६, १३ र १५ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर १ र ४ का ४र४ जना र वडा नम्बर ३ मा एक जनामा संक्रमण देखिएको छ भने जिराभावानी गाउँपालिकाको वडा नम्बर २ का २ जना रहेका छन् ।

त्यस्तै बाराको कोल्भी नगरपालिकाको ३ जना र महागढ़ीमाई नगरपालिका वडा नम्बर ११ का एक जना संक्रमित थपिएका छन् भने एक जना सर्लाहीका पनि रहेका छन् ।

प्रकाशित: Aug 31, 2020| 08:07 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।