शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको शव भेटियो

कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको शव भेटियो

सुर्खेत- कालिकोटमा आइतबार गएको पहिरोमा परी एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

सुर्खेत- कालिकोटमा आइतबार गएको पहिरोमा परी एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ।

कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा ४० वर्षे परेक शाही, उनका पाँच वर्षे छोरा निराजन शाही, दुई महिने छोरा अक्कल शाही र सात वर्षिया छोरी हिमा शाहीको घटनास्थलमै मृत्यु भएको हो। परेकी श्रीमति पुन्या शाही घाइते भएकी छिन् ।

त्यस्तै पहिरोमा अर्को घरमा पनि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३० वर्षे टेकबहादुर दमाइसहित उनकी श्रीमति २५ वर्षीया छोइनु दमाई र ६ वर्षे छोरा गजेन्द्र दमाईको पनि घटनास्थलमै मृत्यु भएको हो।

सोही पहिरोमा परी ३५ वर्षे मनविर कटुवाल, ४० वर्षिया आइती खड्का र २४ वर्षे अमृत थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

पहिरोमा घाइते पुन्या र अर्जुन हमालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। घरमाथिबाट आएको सुख्खा पहिरोले नाग्म बजारका ४ वटा घर पुरेको हो ।

यसैबीच घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । गृह जिल्लामा भएको घटनाका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित: Aug 31, 2020| 06:26 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।