शुक्रबार, भदौ १२, २०८३

सुदूरपश्चिममा थपिए १०० जना संक्रमित

सुदूरपश्चिम प्रदेशमा आज थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९०३ पुगेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा आज थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९०३ पुगेको छ।

पछिल्लो २४ घण्टामा प्रदेशका तीनवटा प्रयोगशालामा १ हजार ३० जनाको परीक्षणमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका १२ जना तथा रामारोशन गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका २ जना, जोशीपुर गाउँपालिकाका २ जना र कैलारी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उता, डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ३५७ जनाको कोरोना परीक्षण भएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बझाङका ४७ जना र दार्चुलाका दुई जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला ईन्चार्ज भुसालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जना र शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ८८ जनाको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका–६ का ८ जना, वडा नम्बर ७ का १ जना, सायल गाउँपालिकाका १ जना र दिपायल सिलगढी नगरपालिका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Aug 30, 2020| 19:50 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।