शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

कालिकोट पहिरो अपडेट : ८ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

सुर्खेत- कालिकोटको तिलागुफा नगरपालिका-१ नाग्म बजारमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ।

पहिरोमा परी नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय परेक शाही, उनका ५ वर्षीय छोरा निराजन शाही, दुई महिने छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही, ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छोइनु, ६ वर्षीय छोरा गजेन्द्र र ३५ वर्षीय मनवीर कटुवालको मृत्यु भएको छ।

सोही पहिरोमा परी भेरीगंगा नगरपालिका-१० सुर्खेतका आइपी खड्का र अमृत थापा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए।

पहिरोमा परेर घाइते भएका घटनामा पुन्या शाही र अर्जुन हमालको जिवितै उद्धार गरीएको थियो।
आइतबार बिहान ८ बजेतिर पहिरो जाँदा नाग्म बजारका ४ घर पुरिएका थिए।

प्रकाशित: Aug 30, 2020| 19:25 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।