शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १०० बढीलाई कोरोना

केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १०० बढीलाई कोरोना

केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १ सय बढीलाई कोरोना संक्रमण देखिएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– केन्द्रीय कारागारमा कैदीबन्दी र प्रहरीसहित १ सय बढीलाई कोरोना संक्रमण देखिएको छ। कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि केन्द्रीय कारागारको स्थिति भयावह हुने देखिएको छ।

देशभरबाट बिरामी कैदीबन्दीलाई उपचारका लागि ल्याइने भएकाले केन्द्रीय कारागार असुरक्षित बनेको हो।

आइतबार थप ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए। उनका अनुसार संक्रमित प्रहरीको संख्या पनि ५० बढी छ।

यसअघि १५ जना कैदीबन्दीमा संक्रमण देखिएको थियो। यीमध्ये दुई कैदी निको भएर फर्किएका छन्।

तीन जनालाई अस्पतालमा राखिएको र १० जनालाई कारागारभित्रै आइसोलेसनमा राखिएको छ। आइतबार संक्रमण पुष्टि भएका ३५ जनामध्ये पनि लक्षण भएका र नभएका छुट्याएर लक्षण देखिएकालाई अस्पताल लैजाने तयारी भैरहेको बाँस्कोटाले जानकारी दिए।

अस्पताल लगेर ल्याएका कैदीमै सबैभन्दा पहिले संक्रमण देखिएपछि कारागार प्रशासनले अस्पतालबाटै संक्रमण फैलिएको अनुमान गरेको छ।

‘बिरामी कैदीलाई उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल, सहिद गंगालाल र बीपी स्मृति अस्पताल लैजाने गरिएको थियो त्यतैबाट संक्रमण फैलिएको अनुमान छ’ बाँस्कोटाले भने, ‘कारागार पुरै सिल गरिएकाले अस्पतालबाटै संक्रमण फैलिएको निष्कर्ष निकालेका छौँ।’

केन्द्रीय कारागारमा संक्रमण फैलिएपछि कैदीका लागि छुट्टै अस्पताल तोक्न छलफल सुरु गरिएको बाँस्कोटाले जानकारी दिए।

कैदीलाई अस्पतालमा राख्दा सुरक्षाको दृष्टिकोणले पनि हेर्नुपर्ने भएकाले छुट्टै अस्पताल तोक्न गृह मन्त्रालय मार्फत् पहल भइरहेको उनले बताए।

केन्द्रीय कारागारमा ५ सय कैदीलाई राख्न सक्ने क्वारेन्टिन छ। यी क्वारेन्टिनमा लक्षण नदेखिएका संक्रमित र कन्ट्याक्ट ट्रेसिङमा परेका थप

कैदीलाई राखिएको छ। नयाँ बनेका दुईवटा भवन र विद्यालयमा समेत क्वारेन्टिन बनाइएको उनले जानकारी दिए।

केन्द्रीय कारागारमा आइतबारसम्म ३ हजार २ सय ६३ जना कैदीबन्दी छन्।

प्रकाशित: Aug 30, 2020| 18:25 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।