शुक्रबार, भदौ १२, २०८३

पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको शुल्क ११ सय रुपैयाँले घटाएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको शुल्क ११ सय रुपैयाँले घटाएको छ।

स्वास्थ्य मन्त्रालयले आजैदेखि लागू हुने गरी नयाँ शुल्क ४ हजार ४०० रुपैयाँ तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अबदेखि सेवा शुल्कसहित बढीमा ४ हजार ४०० रुपैयाँभन्दा बढी लिन नपाउने नेपाल समयलाई जानकारी दिए ।

यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५०० रुपैयाँ थियो । परीक्षणका लागि चाहिने किटहरु पहिले विश्व बजारमै सस्तो भएसँगै नेपालमा पनि सस्तो मूल्यमा आएकाले मूल्य घटेको जानकारी उनले दिए ।

हाल मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।

प्रकाशित: Aug 30, 2020| 17:02 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।