शुक्रबार, भदौ १२, २०८३

४९ जिल्लाका ३४८ महिला र ८७४ पुरुषमा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३४८ महिला र ८७४ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा गरी ३४८ महिला र ८७४ पुरुषमा कोरोना भाइरस संक्रमण भएको छ। सबैभन्दा बढी काठमाडौंमा ३७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

इलाममा एक, झापामा ११, मोरङमा ४९्, ओखलढुंगामा चार जना संक्रमित थपिएका छन्। यस्तै पाँचथरमा एक, संखुवासभामा दुई र सुनसरीमा ३३ जना संक्रमित थपिएका छन्।

सप्तरीमा ६, सिरहामा २६, धनुषामा ७५ जना संक्रमित थपिएका छन् भने महोत्तरीमा ३७, सर्लाहीमा ३४, बारामा ८२ र पर्सामा ४६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

सिन्धुलीमा पाँच, रामेछापमा एक, भक्तपुरमा ४५ र धादिङमा तीन जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, काभ्रेमा २५ र ललितपुरमा १२ जना संक्रमित थपिएका छन्। यस्तै सिन्धुपाल्चोकमा दुई, चितवनमा ९० र मकवानपुरमा भने नौ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

बाग्लुङमा तीन, गोरखामा पाँच, कास्कीमा पाँच र पूर्वीनवलपरासीमा थप दुई जनामा कोरोना संक्रमण भएको छ। तनहुँमा आइतबार थप चार जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

यस्तै कपिलवस्तुमा २५, परासीमा २१ र रुपन्देहीमा ६१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। अर्घाखाँचीमा तीन, गुल्मीमा छ, पाल्पामा आठ, दाङ र प्यूठानमा पाँच पाँच तथा बाँकीमा १४ र बर्दियामा ६ जनामा कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

पश्चिम रुकुममा चार, सल्यानमा ६, हुम्लामा एक र सुर्खेतमा थप आठ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार कैलालीमा छ, अछाममा आठ, डोटीमा ११ र बझाङमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ। कञ्चनपुरमा एक तथा दार्चुलामा दुई गरी देशभरका ३४८ महिला र ८७३ पुरुष गरी एक हजार २२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

**यसअघि प्रकाशित समाचारमा केही तथ्यांक गल्ती भएकाले सच्याइएको छ। सं.

प्रकाशित: Aug 30, 2020| 16:44 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।