शुक्रबार, भदौ १२, २०८३

आज १,२२१ जनामा कोरोनामा कोरोना पुष्टि, २६७ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्। 

याे संख्या नेपालमा दैनिक रुपमा देखिएकाेमा हालसम्मकै ठूलाे  संख्या हाे। आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको र हालसम्म ६ लाख ८२ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमध्ये

संस्थागत आइसोलेसन १० हजार ६१२ छन् भने त्यस्तै होम आइसोलेसनमा ६ हजार ९०६ जना संक्रमित बसिरहेका छन्।

हाल नेपालमा विभिन्न क्वारेन्टिनमा ७ हजार ७९७ जना बसिरहेका छन्।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका र हालसम्म २० हजार ८२२ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमणमुक्त हुनेको दर ५४ प्रतिशत छ।

प्रकाशित: Aug 30, 2020| 16:28 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।