काठमाडौं– काठमाडौं उपत्यकामा आज आइतबार ४२९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जनामा संक्रमण पुष्टि भएको हो।
हिजो शनिबार काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ गरी १८६ जनामा संक्रमण पुष्टि भएको थियो।
अस्ति शुक्रबार काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जना गरी ४१६ जना थपिएका थिए।
बिहीबार काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना गरी ३७७ जनामा संक्रमण पुष्टि भएको थियो।
बुधबार काठमाडौंका २३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना गरी ३०२ जना थपिएका थिए।
मंगलबार काठमाडौंका १९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ भक्तपुरका जनामा संक्रमण पुष्टि भएको थियो।
सोमबार काठमाडौंका १७७ जना, ललितपुरका ३३ जना र भक्तपुरका १४ गरी २२४ जनामा संक्रमण पुष्टि भएको थियो।
आइतबार काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको थियो।
काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ५ हजार ४०७ पुगेको छ ।
यीमध्ये काठमाडौंका ४ हजार २४३, ललितपुरका ६३१ जना र भक्तपुरका ४५४ जना छन्।