शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा ९५ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १,५३४ पुग्यो

प्रदेश १ मा ९५ संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १,५३४ पुग्यो

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

विराटनगर–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ४५, सुनसरीमा ३७, झापामा नौ, संखुवासभामा दुई, प्रदेशबाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा आइतबार ४२ जनामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो। मोरङको लेटाङमा एक महिला, पथरी शनिश्चरे र रंगेलीमा एकएक पुरुषमा संक्रमण देखिएको छ। सुनसरीको दुहबीमा १४ पुरुष, इटहरीमा चार र महिला चार पुरुष, इनरुवामा एक महिला पाँच पुरुष, धरानमा एक महिला र पाँच पुरुष, बर्जुमा दुई र गढीमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

झापाको कनकाईमा दुई महिला ६ पुरुष, झापा गाउँपालिकामा एक पुरुष, संखुवासभाको खाँदबारीमा एक पुरुष, स्थानीय तह नखुलेकी एक महिला र प्रदेश १ बाहिरका एक महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आइतबारसम्म कोरोना संक्रमित हुनेको संख्या तीन हजार ३११ पुगेको छ। प्रदेश १ मा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। प्रदेश १ स्थायी ठेगाना भएका २३ र नौ जना अन्य प्रदेशका छन्।

प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन्। उनीहरु सबै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन। डिस्चार्ज हुनेको संख्या एक हजार ५३४ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार १७६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। प्रदेशमा ८७ हजार ५९८ जनाको पीसीआर परीक्षण भएको छ।

 

प्रकाशित: Aug 30, 2020| 16:18 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।