शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यूनतम पारिश्रमिक नपाएको भन्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

न्यूनतम पारिश्रमिक नपाएको भन्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै सिभिल अस्पतालका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै सिभिल अस्पतालका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन्।

अस्पतालमा कार्यरत कर्मचारीको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बिमालगायत सरकारले तोकेअनुसार नभएको भन्दै आजदेखि आन्दोलन सुरु गरेको हो।

३ साता अघिदेखि आफ्ना माग कार्यान्वयनका लागि संघले अस्पताल परिसरभित्रै ब्यानर राखेर विरोध जनाएको थियो।

तर, अस्पातालले माग सम्बोधनमा चासो नदेखाएपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गरिएको निजामती कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले नेपाल समयलाई जानकारी दिए।

कर्मचारीले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी बिदा अघिपछि गरी ९८ दिन हुनुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य गर्नुपर्ने लगायत माग राखेका छन्।

लामो समयदेखि उठाएको मागमा व्यवस्थापन पक्ष गैरजिम्मेवार बनेको भन्दै आन्दोलनमा उत्रिनुको विकल्प नभएको अध्यक्ष धिमालले बताए।

कोरोना माहामारीको परिस्थितिलाई ध्यानमा राख्दै सेवा सञ्चालनमा अवरोध नगर्ने संघले जनाएको छ। साथै माग पुरा नहुँदासम्म हातमा कालोपट्टी लगाएर काम गरिने कर्मचारी संघले जनाएको छ।

प्रकाशित: Aug 30, 2020| 16:00 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।