शुक्रबार, भदौ १२, २०८३

निर्मलालाई न्याय माग्दै प्रेस युनियनको साइट ह्याक

बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट ह्याक भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट ह्याक भएको छ।

तर ह्याक गर्ने व्यक्ति भने भारतीय रहेको उल्लेख छ। इन्डियन साइबर ट्रुप्सको ह्यारी १३३७ द्वारा साइट ह्याक गरिएको जनाइएको छ।

नेपालप्रेसयुनियन डट ओआरजी डट एनपी लग अन गर्दा एउटा नोटिफिकेशन देखिने र साइटमा कुनै गतिविधि गर्न खोज्न ह्याकरको नोटिस देखिने गरेको छ।

ह्याकरको लोगोमा सत्यमेव जयते लेखिएको छ।

साथै निर्मला पन्तको फोटो राखेर ‘जस्टिस फर निर्मला पन्त’ भन्ने सन्देश राखिएको छ।

 

प्रकाशित: Aug 30, 2020| 15:45 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।