शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका

कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु, केही बेपत्ता भएको आशंका

कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा आज बिहान गएकाे पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

सुर्खेत- कालिकोटमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका–१, नाग्म बजारमा पहिरोले घर पुर्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा मृत्यु हुनेहरुमा ४० वर्षीय प्रयाक शाही ३७ वर्षिया हिमा शाही, ५ वर्षे निराजन शाही र नाम नखुलेका दुई महिने बालक छन्।

कालिकोटमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेका अनुसार पहिरोमा परी घाइते भएका १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय पुण्य शाहीको उद्धार गरिएको छ। उद्धार गरिएका हमाल र शाहीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको गैरेले जानकारी दिए।

पहिरोमा कति जना बेपत्ता भए भन्ने एकिन भएको छ। ‘चार जनाको शव निकालेका छौँ, दुई जनाको उद्धार भयो’ प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘कसैले ६ जना कसैले ४ जना भनेका छैन, तर बेपत्ताहरुको एकिन विवरण छैन।’

पसलमा के–कति ग्राहकहरु थिए वा थिएनन् भन्ने थाहा नभएपछि बेपत्ताहरुको एकिन विवरण खुल्न नसकेको उनको भनाइ छ।

बेपत्ताहरु कालिकोट र जुम्लाबाट खटिएको प्रहरी टोली, स्थानीय र जनप्रतिनिधिहरुले खोजी गरिरहेका छन्। आइतबार बिहान करिब ८ बजे पहिरोले ४ वटा घर पुरेको थियो। घटनास्थल जुम्ला र कालिकोटको सिमानामा पर्दछ।

प्रकाशित: Aug 30, 2020| 15:10 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।