धनगढी– कैलालीको टीकापुरमा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गत भदौ ११ गते रातिको समयमा काकाको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा १७ वर्षीया एक किशोरीले स्थानीय चार जना युवाहरुको समूहले खेतबारीमा लगेर जर्वजस्ती करणी गरेका थिए।
पीडित बालिकाको जाहेरीका आधारमा जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षीय लोकेन्द्र रावत, वर्ष १८ कै कुमार कडारा, वर्ष १८ कै शंकर विश्वकर्मा र वर्ष २० को दिपक कडारालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा चार जनालाई आइतबार पक्राउ गरेको जनाएको छ। उनीहरु विरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।