शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसईईमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीबाट दुई शिक्षक कुटिए

एसईईमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीबाट दुई शिक्षक कुटिए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम नम्बर दिएको आरोपमा सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कम नम्बर दिएको आरोपमा सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित दुई शिक्षकमाथि कुटपिट भएको छ।

सुनकोसी गाउँपालिका–७ मझुवास्थित  गणेश माविका विद्यार्थीले एसईईमा नम्बर कम दिएकाले नतिजा नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीमाथि आइतबार कुटपिट गरेका हुन्।

विज्ञानमा कम नम्बर दिएका कारण माथिल्लो शिक्षा लिन वञ्चित हुनुपरेकाे भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई विद्यार्थीले कुटेको शिक्षक मुरारी दाहालले बताए।

दाहालका अनुसार कुटपिट गर्नेमा लोकविक्रम च्याङ्बा, विवश च्याङ्बा र रामलाल घिसिङ छन्।

तीनजना छात्रले सरासर कार्यालयमा आएर पहिला प्रअलाई मुहारमा हिर्काएको र अर्का शिक्षकलाई लछारपछार पारी कुटपिट गरेको दाहालले बताए।

विद्यार्थीको कुटपिटबाट सुनुवारको अनुहारमा गम्भीर चोट लागेको छ। शिक्षक भण्डारीको जिउमा नीलडाम रहेको दाहालले जानकारी दिए।

दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ। विद्यार्थीले शिक्षकलाई कुटपिट गरेपछि शिक्षक–कर्मचारीको बैठकले सुरक्षा माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन्।

विद्यालयबाट ६० जना एसईईमा सहभागीमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनैमध्येका तीनजनाले कुटपिट गरेको शिक्षक दाहालले सुनाए। घटनाबारे इलाका प्रहरी कार्यालय खुर्कोटलाई समेत जानकारी गराइएको उनले बताए।

प्रकाशित: Aug 30, 2020| 14:50 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।