शुक्रबार, भदौ १२, २०८३

कालीकोटमा पहिरो, एक बालकको मृत्यु

काठमाडौं– कालीकोटमा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ। शनिवार बिहान तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरोले घर पुर्दा एक बालकको ज्यान गएको हो।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– कालीकोटमा पहिरोले घर पुरिँदा एक बालकको ज्यान गएको छ। शनिवार बिहान तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरोले घर पुर्दा एक बालकको ज्यान गएको हो।

पहिरोमा परी ५ वर्षीय निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए।

उनका अनुसार पहिरोमा परेका १३ वर्षीय अर्जुन हमाल र ३५ वर्षीय पुण्य शाहीलाई जीवितै उद्धार गरिएको छ। ओलियाले सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार थालेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिँदै गरेको जानकारी दिए।

घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ।

घटनामा के कति मानवीय क्षति भएको छ भन्ने यकीन विवरण आउन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 30, 2020| 14:05 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।