शुक्रबार, भदौ १२, २०८३

सामाजिक उद्यमशीलता कोष स्थापना गरिने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।

समाज सेवा गर्ने, मानवीय सेवा गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामाजिक संघसंस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न समाज कल्याण परिषद अन्तर्गत सो कोष स्थापना गर्न लागिको मन्त्री गुरुङले जानकारी दिए।

बियोन्ड बेइजिङ कमिटी, नेपालले प्रकाशित गरेको ‘एक्सेस टू जस्टिसः सोसियल इन्टरप्राईज इन नेपाल’नामक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उनले सामाजिक उद्यमशीलता मैंत्री ऐन, कानुन तत्काल तर्जुमा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको अभियानलाई अघि बढाउने गरी ऐन, कानुनको निर्माण गर्न आवश्यक सुझाव दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरे।

‘सामाजिक उद्यमशीलताको क्षेत्रमा देखिएका ट्याक्स, भ्याट लगायतका समस्या समाधान हुने गरी ऐनकानुनको परिमार्जन गर्नुपर्ने आवश्यक्ता देखिएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सुझाव दिन म समाज कल्याणको क्षेत्रका कार्यरत संघसंस्था, गैरसरकारी क्षेत्रमा कार्यरत संघ, संस्था तथा नागरिक समाजका अगुवाहरुलाई आह्वान गर्दछु।’

मन्त्री गुरुङले सामाजिक उद्यमशीलताको माध्यमबाट ग्रामिण तथा हिमाली क्षेत्रका महिलाहरुलाई उद्यमशील बनाउन चालू आर्थिक वर्षबाटै सबै स्थानीय तहमा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने सोच अघि बढाइएको पनि स्मरण गराए।

उनले समाजमा विद्यमान महिला हत्या, हिंसा हुन नदिने गरी महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउन सामाजिक उद्यमशीलताको अभियानले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

मन्त्री गुरुङले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि काठमाडौंको भृकुटीमण्डपमा ‘बजार केन्द्र’ स्थापना गर्ने योजना ल्याइएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

 

प्रकाशित: Aug 30, 2020| 13:38 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।