शुक्रबार, भदौ १२, २०८३

कोरोना संक्रमणबाट धरानमा आमाछोराको मृत्यु

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ।

१३ भदौ राति अस्पताल भर्ना गरिएका ६० वर्षीय छोरा र उनकी ७४ वर्षीया आमाको मृत्यु भएको हो। धरान उपमहानगरपालिका–१७ का दुवैको आइतबार बिहान मृत्यु भएको हो।

अत्यधिक खोकी, श्वास फेर्न समस्या र साता दिनदेखि ज्वरो आएर गम्भीर भएका उनीहरुलाई शनिबार राति मात्रै अस्पताल भर्ना गरिएको हो।

मृतक महिलामा मधुमेह र उच्च रक्तचापको समस्या थियो भने पुरुषमा पनि मधुमेह र दुई महिनादेखि कलेजोमा समस्या देखिएको अस्पतालले जनाएको छ।

मृतक आमाछोरामा आइतबार बिहानमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित: Aug 30, 2020| 13:35 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।