शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भद्रकालीमा ड्युटीमा रहेका सैनिक जवानले गरे गोली हानेर आत्महत्या

भद्रकालीमा ड्युटीमा रहेका सैनिक जवानले गरे गोली हानेर आत्महत्या

नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी पेट्रोलपम्पको ड्युटीमा रहेका एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित आर्मी पेट्रोलपम्पको ड्युटीमा रहेका एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्।

२७ वर्षीय दामोदर क्षेत्रीले आइतबार बिहान करिब पौने ३ बजे आफैँलै बोकेको बन्दुकले टाउकोमा गोली हानी आत्महत्या गरेको सैनिक मुख्यालयले जनाएको छ।

तनहुँको रानीपोखरी घर भएका उनले आत्महत्या गर्नुको कारण भने नखुलेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

उनको शव महानगरीय प्रहरी परिसर र सैनिक प्रहरीको रोहबरमा पोस्टमार्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पातालमा लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी शोमेन्द्र सिंह राठौरले जानकारी दिए।

प्रकाशित: Aug 30, 2020| 12:12 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।