शुक्रबार, भदौ १२, २०८३

भक्तपुरका कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

होम आइसोलेसनमा बसेका भक्तपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- होम आइसोलेसनमा बसेका भक्तपुरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिकाको वडा १ दुधपाटीका ६५ वर्षीय आज (आइतवार) बिहान मृत्यु भएको हो ।

वडा १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै होम आइसोलेशनमा बसेका थिए । उनी मधुमेह र प्रेसरको रोगी समेत रहेको खत्रीले बताए।

मृतक संक्रमितको शव व्यवस्थापनका लागि सेनासँग समन्वय भइराखेको वडाध्यक्ष खत्रीले जनाकारी दिए ।

प्रकाशित: Aug 30, 2020| 12:03 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।