काठमाडौं- ललितपुरको पाटन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महोत्तरीकी ६२ वर्षीया एक महिला, भैरहवाका ५७ वर्षीय एक पुरुष र ललितपुरका २९ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
महोत्तरीकी महिलाको शनिबार साँझ तिर मृत्यु भएको हो भने भैरहवा र ललितपुरका पुरुषको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार पाटनका युवक र भैरहवाका पुरुष किड्नीका विरामी थिए। महोत्तरी जलेश्वरकी महिलामा भने रगतमा समस्या रहेको थियो।