शुक्रबार, भदौ १२, २०८३

कोरोना भाइरसबाट १९५ नेपालीको विदेशमा मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ९५ पुगेको छ ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ९५ पुगेको छ ।

यो साता थप ३ जना नेपालीको मृत्यु भएसँगै मृतकको संख्या १ सय ९५ पुगेको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको मृत्यु भएको हो ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जनाएका छन् ।

उनका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।

३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

 

प्रकाशित: Aug 30, 2020| 09:04 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।