स्याङ्जा- काठमाडौंबाट स्याङ्जाको चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ४ बजे भएको दुर्घटनामा परेर चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन्।
उनीहलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।