शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रौतहटका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु, थप ७९ जनामा कोरोना पुष्टि

रौतहटका कोरोना संक्रमितको वीरगन्जमा मृत्यु, थप ७९ जनामा कोरोना पुष्टि

रौतहट गम्हरीया ३ का एक कोरोना संक्रमित पुरुष उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

वीरगन्ज- रौतहट गम्हरीया ३ का एक कोरोना संक्रमित पुरुष उपचारको क्रममा वीरगंजमा मृत्यु भएको छ ।

३० वर्षीय ती पुरुषलाई विहिबार नारायणी अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो । अवस्था चिन्ताजनक भएकाले तत्काल जिन एक्सपोर्ट प्रविधिबाट लिएको रिपोर्टमा उनमा संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएको दुई दिनपछि उनको उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको हो ।

पर्सामा ४७, बारामा ३० जना, मोरङ र काठमाडौँमा समेत एक एकजना संक्रमित थपिए

वीरगंजको नारायणी अस्पतालको पिसिआर ल्याबले गरेको परिक्षण अनुसार पर्सामा ४७, बारामा ३०, काठमाडौँ र मोरङमा एक÷एक जना संक्रमित थपिएका छन् ।

अस्पतालका चिकित्सक डा. अतुलेश चौरसियाका अनुसार पर्साको पोखरियामा १२ जना, वीरगंज महानगरपालिकामा ६ महिने बालक र ९७ वर्षीय वृद्धसहित ३६ जना संक्रमित थपिएका छन् ।

अस्पतालको पिसिआर परिक्षणमा बारा जिल्लाको विश्रामपुरमा ३ जना, महागढिमाई नगरपालिकामा २ जना, जितपुर सिमरा उपमहानगरपालिकामा २ जना र कलैया उपमहानगरपालिकाको विभिन्न वडा गरि ३० जना कोरोना संक्रमित थपिएका हुन् ।

यो बाहेक मोरङ र काठमाडौँका एक एक जना व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रकाशित: Aug 30, 2020| 07:32 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।