शुक्रबार, भदौ १२, २०८३

४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना पुष्टि

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

चितवन- ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५,७,११,१२,६,१०,१४,२,१८ र ४ का १७ जना पुरुष र १० जना महिला रहेका छ्न ।

संक्रमितहरु महिला २१ देखि ८० बर्ष र पुरुषहरु ४ बर्षका बालक देखि र ५७ बर्ष उमेर समुहका रहेका छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर ७ का एक जना ७९ बर्षका महिलालाई पनि संक्रमण देखिएको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ८ र ९ का १ जना पुरुष र १ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले जनाएको छ । उनिहरु २४ बर्षका पुरुष र ४९ बर्षका महिला रहेका छ्न ।

त्यस्तै तनहुँका २ महिला , झापाका २ महिला , पुर्वि नवलपरासीका एक महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरि सर्लाही , दाङ , धनुषाका ३ पुरुष र पाचथर , सप्तरी , कास्की , सुर्खेत , बाग्लुङ र बाराका एक एक जना महिलामा संक्रमण देखिएको हो ।

प्रकाशित: Aug 30, 2020| 07:12 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।