शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार २ सय ४८ जनाको मृत्यु भएको छ ।

संक्रमण र मृत्युदर सबैभन्दा धेरै भारतमा रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७८ हजार ४ सय ७२ जना संक्रमित भएका छन् । ९ सय ४४ जनाको मृत्यु भएको छ ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक हो । यसअघि बिहीबार र शुक्रबार ७६ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका थिए । पछिल्लो केहि दिन यता अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित भारतमा भेटिने गरेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ४० हजार ७ सयभन्दा धेरै संक्रमित भएका छन् भने ९ सय २४ जनाको मृत्यु भएको छ । ब्राजिलमा थप ३४ हजार ३ सय ६० जनामा संक्रमण पुष्टि हुँदा ९ सय ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पेरुमा ९ हजार ४ सय ७४ जना संक्रमित थपिदा १ सय ३६ जनाको मृत्यु भएको छ । कोलम्बियामा थप ९ हजार ३ सय ९४ जना संक्रमित हुँदा २ सय ९७ को ज्यान गएको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा अर्जेन्टिनामा ९ हजार २ सय ३०, मेक्सिकोमा ५ हजार ८ सय २४, फ्रान्समा ५ हजार ४ सय ५३, रुसमा ४ हजार ९ सय ४१, इराकमा ३ हजार ८ सय ३४, फिलिपिन्समा ३ हजार ६ सय ३७ र इन्डोनेसियामा ३ हजार ३ सय ८ जना संक्रमित भएका छन् ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ८ सय ८४ जना संक्रमित थपिदा १२ जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ३ सय ४० जना संक्रमित भएका छन् भने २ सय ७ जनाको मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट २ करोड ४८ लाख ९६ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् भने ८ लाख ४० हजार ४ सय ७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 30, 2020| 06:37 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।